२०८२, १७ माघ शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारविरूद्ध देशव्यापी आन्दोलन चर्कियो, नेताका घर र छोराछोरी निशानामा



सरकारविरुद्धको आन्दोलन देशव्यापी चर्किएको छ । सोमबार जेनजी अर्थात १३–२८ वर्षका युवा विद्यार्थीले थालेको आन्दोलनमा प्रहरीको गोली लागेर १९ जनाको मृत्युभएपछि देशव्यापी सरकार विरोधी आन्दोलन चर्किएको हो ।

अवरुद्धसामाजिक सञ्जाल खुलाउन र देशको चरम भष्ट्रचार नियन्त्रण गर्न माग गर्दै सोमबार सुरु भएको आन्दोलनमा सरकारको दमनमा १९ जनाको ज्यान गएपछि उक्त घटनाको विरोधमा मंगलबार देशव्यापी प्रदर्शन भईरहेको छ ।

सोमबार युवा विद्यार्थी मात्रै सडकमा थिए । मंगलबार सबै उमेरका मानिसहरु सडकमा उत्रिएर सरकार विरुद्ध नाराबाजी गरिरहेका छन् ।

आन्दोलन कमजोर बनाउन सरकारले कफ्र्य आदेश जारी गरेपनि आन्दोलनकारीहरुले त्यसलाई अवज्ञा गरेरै प्रदर्शन गरिरहेका छन् ।

प्रदर्शनकारीहरुले सबै सहरका चोक चोकमा टायर बालेर प्रदर्शन गरेका छन् । उनीहरुले नेता निवास र सरकारी कार्यालयहरुलाई निसाना बनाइरहेका  छन्  ।

मंगलबार बिहान सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङको ललितपुर सुनाकोठीस्थित घरमा आन्दोलनकारीले आगजनी गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालको निवास खुमलटारमा तोडफोड भएको छ । उनको निवास अघिको प्रहरी बिटमा आगजनी गरेका छन् ।

रौतहटको चन्द्रपुर नगरपालिकामा आन्दोलनकारीले आगजनी गरेका छन् । सोमबार सुनसरीको इटहरी नगरपालिकामा आन्दोलनकारी आगजनी गरेका थिए ।

कैलालीको धनगढीमा परराष्ट्रमन्त्री आरजु राणको घरमा आगजानी भएको छ । हिँजो गृहमन्त्री पदबाट राजीनामा दिएका कांग्रेस नेता रमेश लेखकको घर नैकापमा प्रदर्शनकारीले आगो लगाईदिएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवा निवास बुढानिलण्ठमा पनि तोकफोड भएको छ ।

जनकपुरमा एमाले नेता रघुविर महासेठको घरमा पनि प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका छन् ।

प्रदर्शनकारीले देशैभर नेताका घर खोजिखोजी तोडफोड र आगजनी गरिरहेका छन् ।

देशभर नेताका घरहरु केन्द्रीत प्रदर्शन, तोडफोड र आगजानीका घटनाहरु भईरहेको संवाददाताहरुले जनाएका छन् ।

अनलाइन सरोकारवालाई प्राप्त जानकारी अनुसार नेताका घर र छोराछोरीलाई निशाना बनाउने गरी आन्दोलनको स्वरुप अघि बढेको छ । स्रोतका अनुसार विदेशमा रहेका नेताका छोराछोरीलाई पनि आन्दोलनरत पक्षले निशाना बनाइरहेका छन् ।

काठमाडौं, भक्तपुर, ललितपुर लगायतका धेरै जिल्लाहरुमा कफ्र्यू तोड्दै आन्दोलनकारीले प्रदर्शन गरिरहेका छन् । चोक–चोकमा टायर बालेर सरकारविरुद्ध नाराबाजी गरिरहेका छन् ।

प्रकाशित मिति : २०८२, २४ भाद्र मंगलबार ००:००  ११ : ५६ बजे