२०८२, २९ मंसिर आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘जेन-जी’ लाई बालेनको सन्देशः सेना प्रमुखसँग वार्ता गर्न तयार हुनुहोला



काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहले जेन–जीहरुलाई संयमित हुन आग्रह गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई हत्यारा करार गर्दै उनले भनेका छन्, ‘प्रिय जेन–जी, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला ।’

साथै, उनले अब जेन–जी पुस्ताले नै देशको नेतृत्व गर्नुपर्ने भन्दै बालेनले तयार रहनसमेत आह्वान गरेका छन् । उनले सेना प्रमुख (प्रधानसेनापति) सँग वार्ता गर्न पनि तयार रहन जेन–जीलाई अपिल गरेका छन् । सेना प्रमुखसँग वार्ता गर्नुअघि संसद् विघटन हुनपर्ने उनले बताएका छन् ।

‘सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला । तर याद रहोस्— वार्ता गर्नुअघि संसद् विघटन भएको हुनुपर्छ,’– उनले भनेका छन् ।

प्रकाशित मिति : २०८२, २४ भाद्र मंगलबार ००:००  ३ : ३९ बजे