२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य सडक नेपाली सेनाकाे नियन्त्रणमा



विनाकाम घर बाहिर ननिस्किन निर्देशन

नेपाली सेनाले मुख्य सडक नियन्त्रणमा लिएको छ । घर र गल्ली बाहिर निस्किएका सर्वसाधारणहरुलाई सेनाले विना काम बाहिर ननिस्किन आग्रह गर्दै घरमा फर्काइरहेको छ ।

आकस्मिक सेवामा संलग्नहरुलाई भने सोधपुछ र परिचयपत्रका आधारमा हिँडडुल गर्न छुट दिएको छ ।

काठमाडौंको नयाँबानेश्वर–माइतीघर सडक खण्डमा हतियारसहितका सेना बाक्लो संख्यामा देखिन्छन् । उनीहरुले मोर्निङ वाकमा निस्किएकाहरुलाई नयाँबानेश्वर चोकतर्फ आउन दिएका छैनन् ।

कर्फ्यु लागेको भन्दै सेनाका जवानहरुले घर फर्किन भनिरहेका छन् ।

प्रकाशित मिति : २०८२, २५ भाद्र बुधबार ००:००  ८ : ३१ बजे