डोटीको बाल सुधार गृहबाट ५२ जना भागेका छन् ।
विभिन्न मुद्दामा सुधार गृहमा रहेका ५३ जनामध्ये मङ्गलवार राति ५२ जना भागेका सुधार गृहका प्रमुख सानुमाया लिम्बुले जानकारी दिइन् ।
उनका अनुसार एक जना भने भागेनन् ।
उनलाई घरका मान्छेले नभाग्नु भनेको हुँदा नभागेको लिम्बुले बताइन् ।
२५ जनाको मात्र क्षमता रहेको उक्त बाल सुधारगृह सुदूरपश्चिम प्रदेशमै एउटा मात्र हो ।












