२०८१, २६ बैशाख बुधबार | Wed May 8 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मेस्सीले बार्सिलोनाको प्रशिक्षण नछोड्ने



काठमाडौं । बार्सिलोनाका कप्तान लियोनल मेस्सीले क्याम्प नाउमा प्रशिक्षण गर्न भने नछोड्ने भएका छन् । उनले बार्सिलोनाबाट स्थानान्तरण नहुन्जेलसम्म क्लबको प्रशिक्षणमा सहभागिता जनाउने बताएका हुन् ।

अर्जेन्टिनी स्ट्राइकर मेस्सीले यसअघि आफूले क्लब छोड्न चाहेको बताउँदै आएका छन् । मेस्सीले स्थानान्तरणको सहज प्रक्रियाका लागि आफु प्रशिक्षणमा सामेल हुने बताएका हुन् ।

यूईएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलमा जर्मन च्याम्पियन बार्यन म्युनिखसँग ८–२ को लज्जास्पद हार पछि उनले क्लब छोड्ने निर्णय गरेको विषय बाहिरिएको थियो ।

दुई दशक लामो आफ्नो बार्सिलोना बसाइ यस सिजनदेखि अन्त्य गर्ने उनले घोषणा गरेका थिए ।

उनले औपचारिक रुपमा क्लब नछाडेसम्म क्लबका अन्य क्रियाकलापमा भने सहभागिता जनाउने छन् । उनले यस अवधिका क्लबले कुनै खेल खेल्दा खेलका लागि समेत उपस्थित हुने बताएका छन् । मेस्सीले औपचारिक रुपमा क्लब नछाडेसम्म क्लबको सबै योजनामा सामेल हुने निर्णय गरेका हुन् । -एजेन्सी

प्रकाशित मिति : २०७७, ११ भाद्र बिहीबार ००:००  १० : २७ बजे