२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशभर २७ जना पक्राउ, लाखौँ नगद र हतियार बरामद



देशभर सुरक्षा निकायहरू कडा रूपमा परिचालन गरिएको १२ घण्टाभित्र नै लुटपाट, आगजनी र अराजक गतिविधिमा संलग्न २७ जनालाई नियन्त्रणमा लिएको छ।

मिति २०८२ भाद्र २४ गते राति १० बजेदेखि नेपाली सेना सहितका सुरक्षा निकाय सक्रिय भएपछि २५ गते विहान १० बजेसम्म काठमाडौंसहित देशका विभिन्न स्थानहरूमा भएको विध्वंसात्मक तथा उच्छृङ्खल गतिविधि नियन्त्रणमा ल्याइएको हो।

सुरक्षा निकायले दिएको विवरण अनुसार, काठमाडौंको गौशाला–चाबहिल–बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरूबाट रु. ३३ लाख ७० हजार नगद बरामद गरिएको छ। राजधानीका विभिन्न स्थानहरूबाट २३ नाल र पोखराबाट ८ नाल गरी ३१ थान विभिन्न किसिमका हतियार सहित म्यागजिन र गोलीगठ्ठा समेत फेला परेको छ।

त्यसैगरी, ३ वटा बारुण यन्त्र प्रयोग गरी काठमाडौंका संवेदनशील क्षेत्रहरूमा लागेका आगो नियन्त्रणमा लिइएको छ।

घटनाक्रममा नेपाल प्रहरीका २३ जना र ३ जना सर्वसाधारण घाइते भएका छन्। उनीहरूको हाल नेपाली सेनाको विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।

सुरक्षा निकायले राजधानीमा थप बल प्रयोग गर्दै स्थिति नियन्त्रणमा आएको दाबी गरेको छ भने अराजक गतिविधि नियन्त्रण र शान्ति–सुरक्षामा कडा निगरानी राखिने जनाएको छ।

प्रकाशित मिति : २०८२, २५ भाद्र बुधबार ००:००  ११ : ३४ बजे