२०८२, १७ माघ शुक्रबार | Sat Jan 31 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘भीआईपी’ सुविधा बन्द



त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ‘भीआईपी’ सुविधा बन्द गरिएको छ ।

विमानस्थल कार्यालयले सूचना टाँसेर उक्त जानकारी गराएको हो ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै यात्रुलाई नियमित रुटबाट प्रस्थान र आगमन गर्न सूचित गरेको छ ।

असहज परिस्थितिका कारण काठमाडौं लगायत सहरमा रोकिएका सामान्य यात्रुलाई प्राथमिकता दिई गन्तव्य पुर्‍याउन भीआईपी कक्ष बन्द गरिएको प्राधिकरण स्रोतले बतायो ।

‘यसबाट अवस्था सामान्यीकरण गर्न सहज हुनेछ,’ स्रोतले भन्यो ।

आज विमानस्थलबाट नियमित उडान/अवतरण भइरहेका छन् ।

प्रकाशित मिति : २०८२, २६ भाद्र बिहीबार ००:००  २ : ५८ बजे