अन्तरिम सरकारको नेतृत्व गर्न लागेकी पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीले जेनजी नेता सुदन गुरुङ्गको आडमा प्रतिनिधिसभा विघटनलाई बटमलाइन बनाएकी छन् ।
उच्च सुरक्षा स्रोतका अनुसार राष्ट्रपति, प्रधानसेनापति र आन्दोलनकारी शक्तिबीच भएको त्रिपक्षीय वार्तामा कार्की र सुदनले संसद विघटन गर्नैपर्ने अडान नछोडेका हुन् । त्यसमा प्रधानमन्त्रीको शपथ अघि कि पछि भन्नेमा अहिले कुरा अड्किएको अवस्था छ ।
राष्ट्रपतिले पहिले नै प्रतिनिधिसभा विघटन गरेर कार्कीलाई शपथ खुवाउने कि उनले गृह मन्त्रालयको नयाँ भवनमा बसेर सिफारिस गरेपछि बल्ल विघटन गर्ने भन्नेमा गलफत्ती चलेको बताइएको छ ।
सुशीला र सुदनले अड्डी कस्न नछाडेपछि सेनापति अशोकराज सिग्देल आफ्ना सबै जर्नेलहरुसङ्ग सल्लाह गरिवरी कुरा नमिल्दाको अवस्थामा आफ्नो पोजिसन के हुने भन्ने रिपोर्टिङ गर्न भर्खरै शीतल निवास पुगेका छन् ।
अहिलेको संवैधानिक प्रावधानअनुसार प्रधानमन्त्रीले संसद विघटनको सिफारिस गरेर पठाएपछि बल्ल राष्ट्रपतिले त्यसलाई अनुमोदन गर्ने हो । २०७७ र ०७८ सालमा तत्कालीन प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले यही संवैधानिक प्रक्रियाअनुसार प्रतिनिधिसभा भंग गरेकी थिइन् ।
सकेसम्म संविधानमा कम क्षति हुनेगरी निकास निकाल्न प्रयासरत रहेका भनिएका राष्ट्रपति रामचन्द्र पौडेल केही कुरा प्रक्रियासम्मत हुनुपर्ने पक्षमा छन् । तर,प्रतिनिधिसभा विघटन गराएर मात्र सपथ खाने सुशीला कार्कीको अडानले सरकार गठनमा विलम्ब भएको स्रोतको दावी छ ।
सुशीला र सुदनले अड्डी कस्न नछाडेपछि सेनापति अशोकराज सिग्देल आफ्ना सबै जर्नेलहरुसङ्ग सल्लाह गरिवरी कुरा नमिल्दाको अवस्थामा आफ्नो पोजिसन के हुने भन्ने रिपोर्टिङ गर्न भर्खरै शीतल निवास पुगेका छन् ।












