२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शुशिला कार्की प्रधानमन्त्री नियुक्त, तीन सदस्य मन्त्रिपरिषद्‌ बनाउने तयारी



पूर्वप्रधानन्यायाधीश सुशिला कार्की अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त भएकी छन् ।

उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्री नियुक्त गरेका हुन् । त्यस्तै, उनको शपथ ग्रहण आजै बेलुका ९ बजे हुने भएको छ ।

अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश  सुशीला कार्कीले गर्नेछिन् । संसद विघटनलगत्तै आजै उनले शपथ ग्रहण गर्ने सम्भावना छ । उनी नेतृत्वको मन्त्रिपरिषद्‌मा सुरुमा तीन सदस्य हुनेछन् । मन्त्रीहरूको नाम टुंगो लागिसकेको छैन ।

यसअघि राष्ट्रपति रामचन्द्र पाैडेलले संविधान नष्ट हुने भन्दै संसद विघटन नगर्ने अडान लिएका थिए । तर आन्दोलनकारी शक्ति जेन–जी संसद विघटनको अडानबाट टसमस नभएपछि राष्ट्रपति विघटनका लागि बाध्य भएका हुन् ।

अहिले शीतलनिवासमा प्रतिनिधिसभा विघटनको निर्णयको मस्यौदा लेखिँदै छ । कानुनविदहरूको परामर्शमा संविधान नमासिने गरी नयाँ सरकार गठनको प्रक्रिया मिलाइँदै छ ।

प्रकाशित मिति : २०८२, २७ भाद्र शुक्रबार ००:००  ८ : १४ बजे