२०८३, १९ बैशाख शनिबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री कार्कीलाई सुनिता डंगोलको बधाई, बदलाको भावनाभन्दा माथि उठेर काम गर्न सुझाव



काठमाडौँ महानगरपालिकाको उपप्रमुख सुनिता डंगोलले नेपालको पहिलो महिला प्रधानमन्त्रीमा नियुक्त भएकोमा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई बधाई दिनुभएको छ ।

उपप्रमुख सुनिता डंगोलले नव नियुक्त प्रधानमन्त्री कार्कीलाई बदलाको भावनाभन्दा माथि उठेर काम गर्न सुझाव समेत दिनुभएको छ ।

उपप्रमुख डंगोलले सामाजिक सञ्जाल फेसबुकमा लेल्नुभएको छ, यो तपाईँका लागि केवल ऐतिहासिक र गौरवमय क्षण मात्र होइन, अपितु बदलाको भावनाभन्दा माथि उठेर, जेन जी लगायत समस्त न्यायप्रेमी जनताको भावना अनुरूप मुलुकमा न्याय, समानता र सुशासनको आधारशिला निर्माण गर्ने स्वर्णिम अवसर पनि हो।

उहाँ थप लेख्नुहुन्झ, हामी सम्पूर्ण महिला दिदीबहिनीहरूको दृढ आशा छ, नवनियुक्त प्रधानमन्त्रीले नयाँ पुस्ताको आकांक्षा र शहीदहरूको अविस्मरणीय बलिदानलाई सम्मान गर्दै यस गहन जिम्मेवारीलाई नेतृत्वले द्वन्द्वको सट्टा संवाद, विभाजनको स्थानमा एकता, निराशाको अन्त्य गरी आशाको सञ्चार र सुशासनको मार्गमा मुलुकलाई अगाडि बढाउनेछ भन्ने दृढ विश्वास व्यक्त गर्दछु।

प्रकाशित मिति : २०८२, २८ भदौ शनिबार ००:००  १० : ४७ बजे