२०८३, १९ बैशाख शनिबार | Sun May 3 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री कार्कीलाई दिए मोदीले शुभकामना



भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको अन्तरिम सरकारका नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई शुभकामना दिएका छन् ।

उनले सामाजिक सञ्जाल एक्समा आफ्नाे अकाउन्टबाट अन्तरिम सरकारका प्रधानमन्त्री कार्कीलाई शुभकामना दिएका हुन् ।

उनले एक्सबाट नेपाली र हिन्दीमा शुभकामना दिएका छन् । प्रधानमन्त्री मोदीले नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध रहेको बताएका छन् ।

उनले एक्समा लेखका छन्,‘नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीको रूपमा पदभार ग्रहण गर्नुभएकोमा सम्माननीय श्रीमती सुशीला कार्कीज्यूलाई हार्दिक शुभकामना। नेपालका दाजुभाइ तथा दिदीबहिनीहरूको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ।

प्रकाशित मिति : २०८२, २८ भदौ शनिबार ००:००  १२ : ३२ बजे