प्रतिनिधि सभा विघटन भएसँगै ३० वटा विधेयक निष्कृय भएका छन् ।
प्रतिनिधिसभाको विधेयक शाखाका प्रमुख त्रिविक्रम पराजुलीका अनुसार प्रतिनिधि सभा विघटन भए पश्चात् निष्क्रिय हुन पुगेका विधेयकहरुको संख्या ३० रहेको छ। जसमा प्रतिनिधि सभामा उत्तपति भएका सरकारी २१ वटा विधेयक र गैरसरकारी २ वटा विधेयक रहेका छन् ।
४ मंसिर २०७९ मा सम्पन्न चुनावबाट आएको प्रतिनिधि सभामा उत्पति भएका जम्मा २३ वटा विधेयक निष्क्रिय भएका हुन्।
राष्ट्रिय सभामा उत्पति भएका ७ वटा विधेयक पनि निष्कृय भएका छन् ।












