शुक्रबार सुशीला कार्की अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएसँगै अब मन्त्रिपरिषद् गठनको प्रक्रिया थालनी भएको छ । यस प्रक्रियामा सघाउन युवा पुस्ता ९जेनजी० ले विभिन्न अनलाइन प्लेटफर्ममार्फत मन्त्री र सल्लाहकारका लागि सुझाव संकलन गर्न थालेका छन् ।
जेनजी पुस्तालाई साथमा लिएर मन्त्रिपरिषद् गठन गर्ने प्रधानमन्त्री कार्कीको योजना रहेकाले युवाहरूले यो अभियान थालेका हुन् ।
यसपहिले आफू नजिकका र क्षमता तथा सीप नभएका वा सम्बन्धित क्षेत्र नबुझेका व्यक्तिहरूलाई मन्त्री बनाउने परिपाटी रहेकोमा यस अभियानले राम्रो सन्देश दिएको सर्वसाधारणले प्रतिक्रिया दिएका छन् ।
जनसहभागिता र विज्ञतालाई प्राथमिकता दिनेगरी मन्त्रिपरिषद् गठन गर्न आवाज उठेकोमा यो प्रक्रिया पनि सहयोगी हुने चर्चा गरिएको छ ।
कार्की नेतृत्वको अन्तरिम सरकारले आगामी फागुनमा प्रतिनिधिसभाको निर्वाचन गराउने कार्यदेश पाएको छ ।












