२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुग्यो



काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८३ पुगेको छ । संक्रमणबाट बिहीबार एकैदिन ८ जनाको मृत्यु भएसँगै मृतकको संख्या १८३ पुगेको हो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ५ महिला र ३ जना पुरुषको सङक्रमणको कारणबाट मृत्यु भएको पुष्टि गरे ।

उनका अनुसार सङक्रमणबाट मृत्यु हुनेमा पर्सा, बारा, ललितपुर, काठमाडौँ, कास्की, रुपन्देही, कपिलबस्तु र बाँकेका रहेका छन् ।

प्रकाशित मिति : २०७७, ११ भाद्र बिहीबार ००:००  ११ : ०६ बजे