२०८२, १ पुस मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

भाटभटेनीका १६ शाखाबाट नियमित सेवा सुरु



यही भदौ २३ र २४ गते ‘जेनजी’को प्रदर्शनका क्रममा गरिएको तोडफोड र आगजनीबाट जोगिएका भाटभटेनी सुपरमार्केटका शाखा पुनः सञ्चालनमा ल्याइएको छ । कम्पनीले एक सूचना जारी गर्दै उपत्यकाभित्र र बाहिर क्षति नभएका आउटलेटबाट शनिबार ९भदौ २८०देखि पुनः सेवा दिन थालिएको जनाएको छ ।

भाटभटेनी सुपरमार्केटका अनुसार, काठमाडौं उपत्यकाभित्र टोखा, सातदोबाटो, अनामनगर, सानागाउँ, यूडब्ल्यूटीसी, पाटन, कलंकी, थिमी र बालाजु शाखा पुनः खुला गरिएको छ । उपत्यकाबाहिरका नेपालगन्ज, जनकपुर, बुटवल, वीरगन्ज, धनगढी, इटहरी र भैरहवा शाखा पनि नियमित रूपमा सञ्चालनमा ल्याइएको छ ।

कम्पनीले ग्राहकको आवश्यकता र सुविधालाई ध्यानमा राख्दै सबै सञ्चालनमा रहेका शाखामा स्वास्थ्य तथा सुरक्षासम्बन्धी मापदण्डको पूर्ण पालना गरिने जनाएको छ ।

क्षति कम भएका शाखामा सरसफाइ गरी नियमित सञ्चालनमा ल्याइएको भाटभटेनी सुपरमार्केटका चिफ अपरेटिङ अफिसर पानु पौडेलले बताए । “भाटभटेनीका अधिकांश शाखाहरूमा क्षति भएको छ । पूर्ण क्षतिको विवरण आउन समय लाग्छ,” उनले बाह्रखरीसित भने, “तोडफोड र चोरीबाट क्षति भएका शाखा सरसफाइ गरेर नियमित सञ्चालनमा ल्याइएको छ ।”

कम्पनीले ‘हामी खुलेका छौँ, तपाईंलाई सेवा दिन तत्पर छौं’ भन्ने सन्देशसहित ग्राहकलाई पुनः स्वागत गरेको छ ।

प्रकाशित मिति : २०८२, २८ भाद्र शनिबार ००:००  ३ : ५३ बजे