२०८१, १६ फाल्गुन शुक्रबार | Fri Feb 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

एकै दिन १ हजार १११ कोरोना संक्रमित थपिए



काठमाडौं । नेपालमा बिहीबार थप १ हजार १११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा १२ हजार ६२९ नमुना परीक्षण गर्दा ३३४ महिला र ७७७ पुरुषसहित १ हजार १११ जनामा संक्रमण देखिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार काठमाडौं उपत्यकामा मात्रै ३७७ संक्रमित थपिएका छन् । त्यसमध्ये काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना रहेका छन् । यससँगै कुल संक्रमितको संख्या ३५ हजार ५२९ पुगेको छ ।

पछिल्लो २४ घण्टामा मात्र ५६९ जना डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ । यो सहित निको हुनेको संख्या २० हजार ७३ पुगेको छ ।

सक्रिय संक्रमितको संख्या भने १५ हजार दुई सय ७३ छ । त्यसमध्ये ६ हजार दुई सय १० जना होम आइसोलेसन र ९ हजार ६३ जना संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : २०७७, ११ भाद्र बिहीबार ००:००  ११ : १५ बजे