२०८२, २९ मंसिर आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तीनपाटन गाउँपालिकाको निर्णय : कार्यालयका कर्मचारीका मोटरसाइकल फिर्ता



सिन्धुलीकाे तीनपाटन गाउँपालिकाले कार्यालयका कर्मचारीहरूले प्रयोग गर्दै आएका मोटरसाइकल फिर्ता गर्ने निर्णय गरेको छ । आइतबार बसेको गाउँपालिका बैठकले यो निर्णयलाई तत्काल कार्यान्वयनमा ल्याउने तयारी गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगीका अनुसार, “राज्यको विषम परिस्थितिलाई ध्यानमा राख्दै खर्च कटौती गर्ने उद्देश्यसहित कर्मचारीहरूलाई उपलब्ध गराइएका मोटरसाइकल फिर्ता गर्ने निर्णय गरिएको हो । यसले स्रोत साधनको उचित व्यवस्थापनमा सहयोग पुग्ने बताउनु भयाे ।

बैठकले मोटरसाइकल फिर्ता मात्र नभई योजना कार्यान्वयनका लागि उपभोक्ता समिति गठन गर्ने प्रक्रिया पनि हाललाई स्थगित गर्ने निर्णय गरेको छ । यसअघि गाउँपालिकाले वडा तथा पालिका स्तरमा योजना सञ्चालनका लागि उपभोक्ता समिति गठन गर्ने तयारी गर्दै पत्राचारसमेत गरेको थियो ।

यद्यपि, हाल देशभर फैलिएको जेनजि आन्दोलन का गतिविधि र त्यसको प्रत्यक्ष प्रभावले स्थानीय तहमा विनियोजित बजेट कार्यान्वयनमा अन्योल बढ्दै गएको छ । स्रोत साधन व्यवस्थापन र खर्च कटौतीलाई प्राथमिकता दिनु गाउँपालिकाको बाध्यता बनेको छ ।

स्थानीय तहका यस्ता निर्णयहरूले आगामी दिनमा विकास योजनाको कार्यान्वयन कस्तो रूपमा अघि बढ्छ भन्ने प्रश्नलाई भने अझै अनिश्चिततामा पारेको छ ।

प्रकाशित मिति : २०८२, ३० भाद्र सोमबार ००:००  १ : ५६ बजे