२०८२, ३० मंसिर सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लोकसेवा आयोग कार्यालय जलाउने दुई युवक समातिए



जेनजी आन्दोलनको क्रममा प्रहरीको हतियार लुटेको आरोपमा २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीहरूको साथबाट लुटिएको हतियार समेत बरामद भएको प्रहरीले जनाएको छ ।

५०र६० जनाको समूहले २४ भदौ बेलुकी जनकपुरधाम उपमहानगरपालिका–९ स्थित मधेश प्रदेश लोकसेवा आयोगको कार्यालयमा तोडफोड र आगजनी गरेको थियो ।

चारपाङ्ग्रे गाडी ४ वटा, मोटरसाइकल ४ वटा, सीसीटीभी क्यामेरा तथा अन्य भौतिक संरचना तोडफोड गर्दै सुरक्षार्थ खटिएको नेपाल प्रहरीकै एसएलआर राइफल १ थान र त्यसमा प्रयोग हुने ५० राउन्ड गोली समेत लुटपाट भएको थियो ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहका अनुसार सीसीटीभी फुटेजको आधारमा हतियार लुटपाटमा संलग्न जनकपुरधाम–९ बस्ने ३७ वर्षीय मनिषकुमार अधिकारी र २१ वर्षीय सन्तोषकुमार यादवलाई पक्राउ गरेको छ ।

उनीहरूको साथबाट लुटिएको हतियार बरामद गरिएको छ । यस्तै प्रहरीबाट खोसिएको थ्रिनट थ्री राइफल दुई दिन अघि बरामद गरिएको डीएसपी सिंहले बताए ।

डीएसपी सिंहका अनुसार आन्दोलनको क्रममा प्रहरीले दुईवटा हतियार लुटेको थियो । जुन बरामद भइसकेको छ ।

प्रकाशित मिति : २०८२, ३० भाद्र सोमबार ००:००  ४ : २८ बजे