२०८१, १६ फाल्गुन शुक्रबार | Fri Feb 28 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोभिड–१९ को फोकल पर्सनमा महेन्द्रप्रसाद श्रेष्ठ



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९को फोकल पर्सनमा डा. महेन्द्र श्रेष्ठलाई तोकेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले स्वास्थ्य मन्त्रालयको कोभिड–१९ को फोकल पर्सनको जिम्मेवारी प्रमुख विशेषज्ञ श्रेष्ठलाई दिएका हुन् ।

महानिर्देशकको जिम्मेवारीबाट सिसिएमसीको जिम्मेवारीमा लगिएको अढाई महिनापछि उनलाई कोभिड–१९ सँगै मन्त्रालयको नीति योजना र गुणस्तर महाशाखाको जिम्मेवारी दिइएको हो । सिसिएमसीको जिम्मेवारी पनि यथावत् राखिएको छ ।

स्वास्थ्यमन्त्री ढकालले बिहीबारको मन्त्रिस्तरीय निर्णयमा सो जिम्मेवारी दिएको प्रमुख विशेषज्ञ श्रेष्ठले जानकारी दिए ।

यसअघि, कोभिड–१९ को फोकल पर्सनको जिम्मेवारी स्वास्थ्य सचिवलाई दिइएको थियो ।

प्रकाशित मिति : २०७७, ११ भाद्र बिहीबार ००:००  १२ : २० बजे