२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

हेटौंडा उपमहानगरपालिकाले जनतामुखी सेवा प्रवाहलाई व्यवस्थित गर्ने



हेटौंडा उपमहानगरपालिकाले जनतामुखी सेवा प्रवाहलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन पहल गर्ने भएको छ।

नगरको अनुगमनका क्रममा उपमहानगर प्रमुख मीना कुमारी लामाले सेवाप्रवाहलाई अझ प्रभावकारी र उत्तरदायी बनाउने उद्देश्यका साथ सम्बन्धित निकायलाई निर्देशन दिएकी हुन् ।

प्रमुख लामाले खरानीबाट उठेर कामलाई व्यवस्थित गर्दै संरचनागत विकासमा लाग्नु अहिलेको आवश्यकता रहेको धारणा राखिन् । नगरको समग्र सेवाप्रवाहलाई आधुनिक र पारदर्शी बनाउन सबै पक्षसँग सहकार्य गर्न आग्रह समेत गरिन् ।

उनले नगरवासीलाई समयमै सेवा उपलब्ध गराउने र नगरको विकासलाई दिगो तथा योजनाबद्ध बनाउनेतर्फ प्राथमिकता दिने स्पष्ट पारिन् ।

प्रकाशित मिति : २०८२, १ आश्विन बुधबार ००:००  १० : ५८ बजे