आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधि सभा निर्वाचन सम्पन्न गर्न कम्तीमा ५ अर्ब रुपैयाँ लाग्ने देखिएको छ ।
यसअघि २०७९ सालमा सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा ५ अर्ब ८२ करोड खर्च भएको थियो ।
तर, यस पटक प्रतिनिधि सभा मात्रै हुन लागेको हुँदा कम्तीमा ५ अर्बमा निर्वाचन सम्पन्न गर्न सकिने पूर्व प्रमुख निर्वाचन आयुक्तको अनुभव छ ।












