२०८१, १२ श्रावण शनिबार | Sat Jul 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुढानिलकण्ठमा २१ जनामा आरडिटी पोजेटिभ देखियाे



नबिन धमला
अनलाइन सराेकार

काठमाडौं- बुढानिलकण्ठ नगरपालिकामा २१ जनामा आरडिटी पोजेटिभ देखिएको छ । विहिबार २ सय ७६ जनाको आरडिटी परीक्षण गरिएकोमा २१ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

नगरपालिका भित्रका विभिन्न वडामा कोरोना संक्रमण रोकथाममा खटिने जनप्रतिनिधि, स्वास्थ्यकर्मी, स्वयंसेवक,राजनीतिककर्मी तथा सुरक्षाकर्मीको स्वस्थ्य परिक्षण गर्दा २१ जनाको नतिजा पोजिटिभ देखिएको बुढानिलकण्ठ १० का वडाअध्यक्ष तथा नगर प्रवक्ता नबराज भट्टराईले अनलाइन सरोकारलाई जानकारी दिए । रिपोर्ट पोजेटिभ आउनेमा कपन चौकीमा कार्यरत १ जना ट्राफिक प्रहरी पनि छन् ।

रिपोर्ट पोजेटिभ आएका २० जनालाई बुढानिलकण्ठ ७ मा रहेको छहारी भवनको क्वारेन्टाइनमा पठाईएको र प्रहरीलाई प्रहरी संगठनकै अस्पतालमा पठाईएको जनाईएको छ ।

प्रकाशित मिति : २०७७, ८ जेठ बिहीबार ००:००  ३ : ०१ बजे