२०८२, २९ मंसिर आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिवा परियारको सामूहिक बलात्कारपछि हत्या



खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–४ बतासेकी २८ वर्षीया रेश्मिका सिवा परियारको सामूहिक बलात्कारपछि हत्या भएको छ ।

दुई दिन अघि मार्से सामुदायिक वन उपभोक्ता समितिको जंगलमा परियार मृत फेला परेकी थिइन् । उनको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

उनी दिप्रुङ चुइचुम्मा–५ सछितापोखरीस्थित अजम्बरी साना किसान कृषि सहकारी संस्थामा कार्यरत रहेको प्रहरीले जनाएको छ ।

कार्यलयबाट घर फर्कने क्रममा ५–६ जनाको समूहले उनको बलात्कार गरी हत्या गरेको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा दिपक सार्कीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका दिपकले घटनका भएको स्वीकार गरेका छन् ।

सहकारी संस्थाका अध्यक्ष सागर तामाङले परियार सोमबारसाँझ कार्यालयबाट बाहिर निस्केकी थिइन् । राति अबेरसम्म घर नपुगेपछि खोजी गर्ने क्रममा उनी मार्से सामुदायिक वनको झाडीमा मृत फेला परेकी हुन् ।

रेश्मिकाको चप्पल सडकमुनि कुनामा भेटिएको छ । सडकदेखि शव रहेको स्थानसम्म घिसारिएको र झाडी मडारिएको देखिन्छ । त्योभन्दा केही तल झोला र अन्डरवेयर भेटिएको छ । सबैभन्दा तल घाँटीमा कालो सलले बेरेको अवस्थामा शव भेटिएको दिप्रुङ चुइचुम्मा गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए ।

प्रकाशित मिति : २०८२, २ आश्विन बिहीबार ००:००  १२ : १० बजे