२०८१, ३ जेठ बिहीबार | Thu May 16 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

‘नेपाल आइडल’को फाइनल आज



काठमाडौं । नेपाल आइडल सिजन -३ को फाइनल आज (शुक्रबार) हुँदैछ । एपीवान एचडी टेलिभिजनबाट हरेक हप्ता बिहीबार र शुक्रबार प्रशारण हुने नेपाल आइडल नेपाली सांगीतिक इतिहासकै उत्कृष्ट टेलिभिजन कार्यक्रम हो ।

गत चैत्र महिनामा सकिनुपर्ने नेपाल आइडल -३ कोरोनाभाइरसका प्रभावित भएको थियो । कोरोनाको रोकथामको लागि गरिएको लकडाउनका कारण नेपाल आइडल कार्यक्रम केही समय स्थगित भएको थियो । तर लकडाउन खुकुलो भए लगत्तै फेरि शुरु गरिएको थियो ।

नेपाल आइडलका माध्यमबाट नै नेपालमा पहिलो पटक अन्तर्राष्ट्रिय स्तरको फेन्चाइज संगीतिक रियालीटी शोको सुरुवात गरिएको थियो । नेपाल आइडल सिजन -३ को फाइनलमा तीनजना सहभागीको कडा प्रतिस्पर्धा चलिरहेका छ ।

उत्कृष्ट तीनबाट एक ५० लाख रुपैयाँसंगै नेपाल आइडल सिजन -३ को विजेता घोषित हुनेछन् । जसमा प्रविन बेडुवाल, सज्जा चौलागाई र किरणकुमार भुजेल सहभागी छन् । निर्णायक मण्डलमा इन्दिरा जोशी, न्यु बज्राचार्य र कालीप्रसाद बास्कोटा रहेका छन् । सुरेश पौडेल, एलन श्रेष्ठ र लोकेश बज्राचार्य कार्यक्रम निर्देशकीय भूमिका निर्वाह गरेका छन् ।

कोरोनाका कारण हप्ताको कार्यक्रम जस्तै साँझको कार्यक्रममा सिमित मानिस र दर्शकको उपस्थितिमा नेपाल आइडल सिजन ३ को विजेता घोषणा गरिने कार्यक्रमको प्रोजेक्ट हेड सुरेस पौडेलले जानकारी दिए ।

प्रकाशित मिति : २०७७, १२ भाद्र शुक्रबार ००:००  ४ : २६ बजे