अन्तरिम सरकारका गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी प्रदर्शनको क्रममा भएको विध्वंसात्मक क्रियाकलापलाई गम्भीर रूपमा अनुसन्धान गरेर कानुनी दायरामा ल्याइने बताएका छन् ।
बिहीबार प्रहरी प्रधान कार्यालयमा पुगेर देशभरका युनिट प्रमुखहरूलाई भर्चुअल ब्रिफिङ गर्दै अर्यालले भने– ‘विध्वंसात्मक क्रियाकलापलाई गम्भीर रूपमा अनुसन्धान गरी कानुनी दायरामा ल्याइने विश्वास दिलाउन चाहन्छु ।’












