२०८२, २९ मंसिर आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

देशलाई निकास दिन ६ महिनामा चुनाव हुनैपर्छ : राष्ट्रपति



राष्ट्रपति रामचन्द्र पौडेलले जेनजी आन्दोलनको दुई दिनमा देशले अकल्पनीय मानवीय र भौतिक क्षति व्यहोरेको बताएका छन् । शीतल निवासमा संविधान दिवसको अवसरमा आयोजित शुभकामना आदान प्रदान समारोहलाई सम्बोधन गर्दै घटनाप्रति दुस्ख व्यक्त गरे ।

उनले हरेक पुस्ताको सक्रियताले लोकतन्त्र बलियो हुने विश्वास पनि व्यक्त गरे ।

उनले भने, ‘म पनि १७ वर्षको उमेरमा प्रजातन्त्रको लागि राजनीतिमा होमिएको थिए । परिस्थितिले मलाई २४ गतेपछि उत्पन्न राजनीतिक अप्ठ्यारो र राजनीतिक रिक्तता सम्हाल्ने ठाउँमा ल्याएर राखेको छ । सबैको सुझबुझ समन्वय र सहयोगका कारण हामीले यो असहज परिस्थितिलाई सम्हालेका छौँ ।’

उनले नयाँ जनादेशले लोकतन्त्रलाई थप संस्थागत गर्दै मुलुकको आगामी बाटो तय गर्ने विश्वास व्यक्त गरे । उनले अहिलेको अन्तरिम सरकारले ६ महिनामा निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संस्थालाई सत्ता हस्तान्तरण गर्ने बताए ।

प्रतिनिधिसभाबाट प्रधानमन्त्री बनाउन कुनै सम्भावना नभएपछि आम सहमतिमै संसद विघटन गरेको बताए ।

प्रकाशित मिति : २०८२, ३ आश्विन शुक्रबार ००:००  ५ : ०४ बजे