२०८२, ३ चैत्र मंगलबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खुर्कोट–मन्थली सडकमा अब राति पनि सवारी चलाउन पाइने



गएको आइतबार साँझ ५ बजेदेखि रातिको समय गाडी चल्न रोक लगाइएको खुर्कोट–मन्थली– खिम्ति–मिल्ती सडकमा आज मंगलबार देखि राति पनि सवारी संचालन गर्न दिइने भएको छ ।

जिल्ला प्रशासनले एक सूचना जारी गर्दै रातको समयमा गाडी चल्न दिने गरी आवागमन खुला गरिएको जनाएको हो ।

‘अविरल वर्षाका कारण बाढी पहिरोबाट यात्रुहरू र सवारी साधनलाई हुन सक्ने जोखिमलाई मध्यनजर गरी असोज १९ गतेदेखि २४ गते शुक्रवार सम्म साँझ ०५ः०० बजेदेखि बिहान ०५ः०० बजेसम्म खुर्कोट–मन्थली सडक खण्डमा आवत जावात बन्द गर्ने निर्णय हाल वर्षा हुन रोकिएको र अवस्था सहज बन्दै गएकोले सबै प्रकारका आवागमन खुला गरिएको’ जिल्ला प्रशासनले जारी गरेको सूचनामा भनिएको छ ।

बिपी राजमार्ग रोशी खोलाले क्षति ग्रस्त पारेपछि मन्थली–खुर्कोट सडक व्यस्त छ । यो सडकमा गाडीको चाप बाक्लो रहेको छ ।

प्रकाशित मिति : २०८२, १ कार्तिक शुक्रबार ००:००  ११ : २० बजे