२०८२, २८ कार्तिक बिहीबार | Fri Nov 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दीपेन्द्र र आसिफको अर्धशतकमा समोअविरुद्ध २१२ रनको विशाल लक्ष्य



दीपेन्द्रसिंह ऐरी र आसिफ शेखप्रेरित नेपालले आईसीसी टी–२० क्रिकेट विश्वकप एसिया प्यासिफिक क्षेत्रीय फाइनलको सुपर–६ को अन्तिम खेलमा समोअविरुद्ध २१२ रनको लक्ष्य बनाएको छ । 

शुक्रबार ओमानको अल अमेरतामा जारी खेलमा टस हारेर ब्याटिङमा आएको नेपालले निर्धारित २० ओभरमा चार विकेटको क्षतिमा २११ रनको योगफल खडा गरेको हो । 

नेपालका ओपनर आसिफले सर्वाधिक ६९ रन बनाए । आसिफले ४१ बलमा सात चौका र चार छक्का प्रहार गरे । 

नेपालको निम्ति दीपेन्द्रले पनि अर्धशतक प्रहार गरे । दीपेन्द्रले ३३ बलमा दुई चौका र चार छक्का प्रहार गरे । 

लोकेश बमले १२ बलमा चार छक्कासहित ३९ रन जोडे । कप्तान रोहित पौडेलले पनि २१ रन प्रहार गरे । 

अर्का ओपनर कुशल भुर्तेलले १७ रन बनाए । 

समोअका सौमानी ताई, डारियस भाइसेर, डानियल बुर्गेस र नोअह मीडले समान एक विकेट लिए । 

नेपालले छनोटअन्तर्गत सुपर–६ को दुई खेलअगावै आगामी वर्ष हुने टी–२० विश्वकपमा स्थान बनाइसकेको छ । नेपालले समग्रमा तेस्रोपटक टी–२० विश्वकपमा स्थान बनाएको हो । यसअघि नेपालले सन् २०१४ र सन् २०२४ मा टी–२० विश्वकप खेलेको थियो ।

प्रकाशित मिति : २०८२, १ कार्तिक शुक्रबार ००:००  ५ : ४६ बजे