२०८३, १९ बैशाख शनिबार | Sat May 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जाडो यामसँगै कोरोना संक्रमण थप फैलिन सक्छः डब्लूएचओ




काठमाडौं ।
जाडो याममा कोरोना भाइरस संक्रमण अझ तीव्र फैलिन सक्ने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले चेतावनी दिएको छ । डब्लूएचओका युरोप क्षेत्रीय निर्देशक डा. हान्स क्लगले विशेषगरी साना उमेरका व्यक्तिमा संक्रमण बढ्न सक्ने बताएका हुन् ।

निर्देशक डा. क्लगले युरोपमा जाडो यामसँगै कोरोनाबाट युवा जमात् बढी संक्रमित हुने सम्भावना रहेको बताएका हुन् । उनले युवाहरू जाडो याममा पाका मानिससँग नजिक सम्पर्क आउन सक्ने जसका कारण संक्रमणको स्थिति झन जटिल तथा भयावह हुन सक्ने बताएका छन्।

केही समयअघि विज्ञहरूले गरेको शोधअनुसार पनि जाडो याममा कोरोना संक्रमण फैलिने जोखिम बढी हुने निष्कर्ष निकालेका थिए ।

प्रकाशित मिति : २०७७, १२ भदौ शुक्रबार ००:००  ६ : ४३ बजे