२०८३, १९ बैशाख शनिबार | Sat May 2 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

राष्ट्रपति पौडेलको शुभकामना : “तिहारले समृद्धिको भावना अभिवृद्धि गर्छ”



राष्ट्रपति रामचन्द्र पौडेलले तिहार पर्वले नेपाली समाजमा आपसी सद्भाव, सहिष्णुता, भातृत्व, सुशासन र समृद्धिको भावना अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरेका छन्।

तिहारको अवसरमा आज सार्वजनिक सन्देशमार्फत राष्ट्रपतिले सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेका हुन्।

सन्देशमा उनले नेपाललाई मौलिक संस्कृतिले भरिपूर्ण विविधतापूर्ण मुलुकका रूपमा चित्रण गर्दै भनेका छन्, “हामीले मनाउने विभिन्न चाडपर्वहरूले विविधतालाई एकतामा बाँध्ने कार्य गर्दै आएका छन्। तिहार हिन्दू धर्मावलम्बीहरूको महान पर्व हो जसले जातजाति, भाषाभाषी र संस्कृतिहरूलाई एकताको सूत्रमा जोड्ने भूमिका खेल्दछ।”

राष्ट्रपतिले तिहारको सांस्कृतिक, पौराणिक, व्यावहारिक, मनोवैज्ञानिक र वैज्ञानिक महत्त्व रहेको उल्लेख गर्दै यस पर्वलाई “उज्यालो र प्रकाशको पर्व” का रूपमा व्याख्या गरेका छन्।

उनका अनुसार, यस्ता पर्वहरूले समाजमा आशा, आत्मीयता, दया र सकारात्मक ऊर्जा फैलाउने मात्र होइन, राष्ट्र निर्माणका लागि आवश्यक सामाजिक एकता र विश्वासलाई पनि बलियो बनाउने काम गर्छन्।

राष्ट्रपतिले सबैलाई तिहार पर्व मनाउँदा आपसी सम्मान, मेलमिलाप र सहिष्णुताको भावना जीवन्त राख्न पनि आग्रह गरेका छन्।

प्रकाशित मिति : २०८२, ३ कार्तिक सोमबार ००:००  २ : ४६ बजे