२०८२, २८ कार्तिक बिहीबार | Fri Nov 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मन्त्री पुनले झुठ बोलेको स्वीकारे, छोरी करोडौं खर्चमा बंगलादेशमा पढ्दै



शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले आफ्नी छोरी झरना पुन बंगलादेशमा पढ्दै गरेको स्वीकार गरेका छन् । आज (सोमबार) आयोजित पत्रकार सम्मेलनमा उनले आफ्नी छोरीलाई करोडौं खर्च गरेर बंगलादेशमा पढाइरहेको स्वीकार गरेका हुन् ।

‘त्यो त साथीहरुले सहयोग गरेका छन् त । यो छोरीलाई पढाउँदाखेरी करोडौं रुपैयाँ खर्च गरेर पढायो भन्ने कुरा मैले प्रष्टैसँग भनेको छु । अहिले पो बंगलादेश पढ्न जाने भइछे त । बंगलादेशसम्म पढ्न जाने हुनलाई उनलाई कति खर्च चाहियो होला त ? त्यो खर्च कहाँबाट आयो होला त ? भन्नेलाई मुख थुन्न सकिँदैन,’– पत्रकार सम्मेलनमा उनले भने ।

यसअघि प्राइम टाइम्स टेलिभिजनको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले आफ्नी श्रीमती र दुई छोरीहरु पोखरामा रहेको बताएका थिए । तर, रिपोर्टर्स नेपालले पुनकी एउटी छोरी बंगलादेशमा एमबीबीएस पढिरहेको खुलासा गरेको थियो ।

‘तपाईँको परिवार अहिले कहाँ हुनुहुन्छ त ?’ भन्ने प्रश्नमा मन्त्री पुनले धमलासँग भनेका थिए, ‘पोखरामा छन् । दुईवटा छोरी छन् । पोखरामा बस्छन्, श्रीमती छन् । छोरीहरु एउटाले पढ्दैछ, एउटाले नर्सिङमा जागिर गर्दैछ ।’

रिपोर्टर्स नेपालले उनकी छोरी झरना पुन सन् २०२३-२४ देखि जहुरुल इस्लाम मेडिकल कजेल बंगलादेशमा एमबीबीएस पढिरहेको खुलासा गरेको थियो । झरना पुतलीसडकको न्यूप्लाजमा रहेको आधार एजुकेशन लिमिटेडबाट एमबीबीएस अध्ययनका लागि बंगलादेश गएकी थिईन् ।

प्रकाशित मिति : २०८२, ४ कार्तिक सोमबार ००:००  ३ : २० बजे