
काठमाडौं । उद्योगपति विनोद चौधरीलाई कोरोना संक्रमण देखिएको छ । नेपाली काँग्रेसका सांसद समेत रहेका चौधरीले आफ्नो ट्वीटरमार्फत पिसिआर परिक्षण गर्दा कोरोना पोजिटिभ भएको जानकारी दिए ।
उनले कोरोना संक्रमणको कुनै लक्षण आफुलाई नभएको र चिकित्सकको सल्लाहअनुसार आइसोलेनसमा बसेको उल्लेख गरेका छन् ।












