२०८३, १४ श्रावण बिहिबार | Thu Jul 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

लक्ष्मीपूजाका दिन एक हजार १५ मेगावाट बिजुली भारत निर्यात



तिहारलाई बत्ती, उज्यालो र फूलको पर्वका रूपमा लिइन्छ । घरघरमा दीपावली गर्ने र बत्ती जलाउने, घर उज्यालो बनाउने, फूलहरूले सजाउने यो पर्वको विशेषता र मौलिकता हो । दीपावली र बत्ती एक अर्काका परिपूरक हुन् । 

नेपाल विद्युत् प्राधिकरणका अनुसार लक्ष्मीपूजा (सोमबार) साँझ देशभर विद्युत्को कूल माग एक हजार ६५० मेगावाट बराबर रहेको छ । यस्तै, लक्ष्मीपूजाको दिन एक हजार १५ मेगावाट बिजुली निर्यात भएको छ । 

प्राधिकरणका अनुसार गत वर्ष लक्ष्मीपूजाको दिन देशभरको कूल विद्युत् माग एक हजार ६०२ मेगावाट रहेको थियो । गत वर्षभन्दा यस वर्ष लक्ष्मीपूजा साँझ कूल बिजुली माग ४८ मेगावाट बढी भएको हो । प्राधिकरणले भारत र बङ्गलादेशमा बिजुली निर्यात गर्दै आएको छ । 

प्रकाशित मिति : २०८२, ४ कार्तिक मंगलबार ००:००  ५ : ५५ बजे