२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आज गोवर्द्धन पूजा धुमधामका साथ मनाइँदै



कार्तिक शुक्ल प्रतिपदा अर्थात् यमपञ्चकको चौथो दिन आज देशभर गोरु तिहार तथा गोवर्द्धन पूजा धुमधामका साथ मनाइँदैछ ।

वर्षभर खेतबारी जोत्ने र मानवीय सेवामा समर्पित गोरुलाई आज विशेष पूजा–आजा गरी मीठा खानेकुरा खान दिने परम्परा रहँदै आएको छ । गोरुलाई देवाधिदेव महादेवको वाहन साँढेको रूपमा पनि पूजा गर्ने चलन छ ।

यसैगरी वर्षभर गोरु जोत्ने हलिहरू र कृषि कर्ममा संलग्न किसानहरूलाई पनि आजको दिन सम्मानपूर्वक पूजा गरी मिष्ठान्न परिकार खुवाइन्छ । त्यसैले आजको दिनलाई हलि तिहार नामले पनि चिनिन्छ ।

त्यससँगै आजै गोवर्द्धन पूजा पनि मनाइन्छ । घरको आँगन लिपपोत गरी गाईको गोबरले सानो पर्वत बनाइन्छ र त्यसलाई भगवान श्रीकृष्णले उचालेको गोवर्द्धन पर्वत मानी पूजा गरिन्छ ।

धार्मिक विश्वासअनुसार द्वापर युगमा भगवान श्रीकृष्णले हत्केलाले गोवर्द्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट जोगाएका थिए । सो स्मृतिमा आजको दिन गोवर्द्धन पर्वतको पूजा गर्ने चलन बसाएको हो ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार गोवर्द्धन पूजा कार्तिक शुक्ल प्रतिपदाका दिन सूर्योदय भएपछि गर्ने विधि निर्धारित गरिएको छ ।

आजको दिन कृषक, पशुपालक र प्रकृतिप्रति आभार प्रकट गर्ने दिनको रूपमा पनि मनाइन्छ ।

प्रकाशित मिति : २०८२, ६ कार्तिक बुधबार ००:००  ११ : १८ बजे