
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक स्थगित भएको छ । शनिबारको लागि बोलाइएको बैठक भदौ १८ गतेसम्मको लागि स्थगित भएको हो ।
बैठकमा नेकपा कार्यदलले गत शनिबार बुझाएको प्रतिवेदनमाथि छलफल हुने तय भएको थियो ।
प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको छलफलबाट बैठक स्थगित गर्ने निर्णय भएको हो ।