२०८३, २ असार मंगलबार | Tue Jun 16 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

विद्याको घर जलाउने थेबे युवा सङ्घमा नरहेको दाबी



पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको घर जलाउन संलग्न रहेको भनिएका सोनम थेबे राष्ट्रिय युवा सङ्घ नेपालमा कहिल्यै पनि नभएको सङ्घले दाबी गरेको छ ।

थेबे जेनजी आन्दोलनका क्रममा भण्डारीको घर जलाउन सहभागी भएको भन्दै पक्राउ परेका थिए ।बुधबार युवा सङ्घका प्रवक्ता निरोज पौडेलले विज्ञप्ति जारी गरी थेबे राष्ट्रिय युवा सङ्घमा कहिल्यै नरहेको स्पष्ट पारेका हुन् ।

‘उक्त घटनामा संलग्न भनिएको व्यक्ति सोनम थेबे राष्ट्रिय युवा सङ्घ नेपालको कुनै पनि तहको जिम्मेवारीमा हालसम्म नरहेको स्पष्ट गर्न चाहन्छौँ । यस प्रकारका सूचना र प्रचार प्रसारले सङ्गठनको छविलाई बदनाम गर्ने प्रयास भएको हामी ठहर गर्दर्छौँ’पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित मिति : २०८२, ५ कार्तिक बुधबार ००:००  ४ : २० बजे