गायक तथा सङ्गीतकार बाबुल गिरी (धनबहादुर) जिल्ला प्रहरी परिसर काठमाडौँमा पुगेका छन् । गत शनिबार आफैँले शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी गायिका नीतु पौडेलको शुक्रबार बिहान उपचारको क्रममा ‘कीर्तिपुर वर्न हस्पिटल’ मा निधन भएपछि उनी प्रहरी सम्पर्कमा पुगेका हुन् ।
उनी प्रहरीको सम्पर्कमा आएको जिल्ला प्रहरी परिसरले जानकारी दियो । यसअघि पनि पौडेलका आत्महत्या प्रयासमा सङ्गीतकार गिरी (धनबहादुर)लाई सोधपुछका निम्ति जिल्ला प्रहरी परिसरमा बोलाइएको थियो ।
पौडेलले शनिबार दिउँसो अनामनगरस्थित गिरीको स्टुडियोमै शरीरमा आगो लगाएर गायिका आत्मदाह प्रयास गरेकी थिइन् । सो घटनामा गिरी पनि सामान्य घाइते भएका थिए । गिरीलाई कीर्तिपुरस्थित बर्न अस्पतालले शनिबार नै डिस्चार्ज दिएको थियो । डिस्चार्ज लगत्तै केही सोधपुछका निम्ति भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो ।












