२०८२, २९ मंसिर आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्टुडियोमा आत्मदाह प्रयास : गायिका नितुको मृत्यु



शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी गायिका नितु पौडेलको मृत्यु भएको छ । प्रहरीका अनुसार आज बिहान उपचारका क्रममा उनको मृत्यु भएको हो । 

“कीर्तिपुर वर्न हस्पिटलमा आज बिहान ८:२० बजे मृत्यु भएको छ,” जिल्ला प्रहरी परिसर काठमाडौंको एसपी पवन भट्टराईले बाह्रखरीलाई जानकारी दिए । 

शनिबार दिउँसो पौडेलले संगीतकार तथा गायक बाबुल गिरीको कार्यालयमा गएर आफ्नो शरीरमा पेट्रोल खन्याएर आगो लगाएकी थिइन् ।  

उनले १२ दिनअगाडि आफ्नो फेसबुक पेजमा निराशाजनक स्टाटस लेखेकी थिइन् । उनले लेखेकी थिइन्, “हासिरहने यो मुहारभित्रको उदासीपन हरकोहीले कहाँ बुझ्न सक्छ र ?”  

प्रकाशित मिति : २०८२, ८ कार्तिक शुक्रबार ००:००  १ : ३० बजे