२०८२, २९ कार्तिक शुक्रबार | Fri Nov 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सरकारले वार्तामा बोलाए स्वागत गर्छौं : दुर्गा प्रसाई



मेडिकल व्यवसायी दुर्गा प्रसाईले सरकारले वार्तामा बोलाएमा त्यसलाई स्वागत गर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै प्रसाईले सरकारले आधिकारिक रुपमा वार्तामा बोलाएको हो भने त्यसको स्वागत गर्ने बताउदै जनताको आवाज सुन्ने यो कदमका लागि ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको छ भन्ने आफ्नो मूल्यांकन रहेको बताएका हुन् ।

सरकारले यदि हामीलाई आधिकारिक रूपमा वार्ताका लागि बोलाएको हो भने, हामी यसको स्वागत गर्दछौँ । जनताको आवाज सुन्ने यो कदमका लागि ओली सरकारले कहिल्यै देखाउन नसकेको जिम्मेवारी अहिलेको सरकारले देखाएको छ भन्ने हाम्रो मूल्यांकन छ । वार्ता गर्न बोलाउँदैमा मात्रै होइन, राष्ट्र र नागरिक जोगाउने परिणामसहितको समाधान अब देशले चाहेको छ ।

प्रकाशित मिति : २०८२, १० कार्तिक आइतबार ००:००  १० : ०९ बजे