
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १२ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
मन्त्रालयको प्रवक्ता डा. जागेश्वर गौतमले ४ महिला र ८ पुरुष गरी १२ जना कोरोना संक्रमितको मृत्यु भएको पुष्टि गरे ।
उनका अनुसार सङक्रमणबाट मृत्यु हुनेमा मारङ, भक्तपुर, मकवानपुर, उदयपुर, पर्सा, धनुषा, सिरहा, झापा, चितवन, कास्की र रुपन्देहीका रहेका छन् ।