२०८२, २८ कार्तिक बिहीबार | Fri Nov 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आइसीसी विश्वकप लिग टु अन्तर्गत नेपालले आज अमेरिकासँग खेल्दै



आईसीसी विश्वकप लिग टु अन्तर्गत नेपाल, युएई र अमेरिका सम्मेलित सिरिज आजबाट सुरु हुँदैछ। नेपालले पहिलो खेल आज अमेरिकासँग बिहान ११:१५ बजेदेखि दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा सुरु हुनेछ।

नेपाल र अमेरिकाले हालसम्म ९ पटक एकअर्काको सामना गरेका छन्। जसमा दुबै टोलीले समान ४ , ४ पटक नतिजा आफ्नो पक्षमा पारेका छन्। एक खेल भने टाइ भएको छ।

हाल नेपाली टोलीको प्रशिक्षकको रूपमा स्टुअर्ट ल रहेका छन्। केही समयअघि स्टुअर्ट ल अमेरिकाको प्रशिक्षकको रुपमा रहेका थिए। त्यस्तै नेपाली क्रिकेटलाई राम्रोसँग चिनेका पुबुदु दाशानायके अमेरिकी प्रशिक्षकको रूपमा रहेका छन्।

यसैबीच नेपालले गत महिना आइसिसी टी २० विश्वकपमा स्थान बनाइसकेको छ। नेपालले एक वर्ष अघि स्कटल्यान्ड अमेरिका र नेपाल सम्मिलित लिग टुको सिरिज खेलेको थियो। उक्त सिरिजमा भने दुवै खेलमा नेपालले अमेरिकासँग हार बेहोरेको थियो।

टोली सम्मेलित टु को अङ्कतालिकामा नेपाल सातौं स्थानमा रहेको छ। अमेरिका भने दोस्रो स्थानमा रहेको छ। १६ खेलबाट नेपालले १२ अङ्क बटुलेको छ। २० खेल खेलेको अमेरिकाले २८ अङ्क जोड्दै दोस्रो स्थानमा रहेको छ।

आइसीसी लिग टु खेल्ने नेपाली टोली
कुशल भुर्तेल, आसिफ शेख, रोहितकुमार पौडेल (कप्तान), दिपेन्द्र सिंह ऐरी (उपकप्तान), सन्दीप लामिछाने, अनिल शाह, सोमपाल कामी, करण केसी, नन्दन यादव, भीम सार्की, कुशल मल्ल, आरिफ शेख ललित राजवंशी, गुल्सन झा र शाहब आलम

प्रकाशित मिति : २०८२, १० कार्तिक आइतबार ००:००  १० : ३५ बजे