२०८३, ३० भदौ मंगलबार | Tue Sep 15 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सोमबार थप घट्यो सुनको मूल्य



सोमबार सुनको मूल्य तोलामा दुई हजार रूपैयाँले घटेको छ। 

तिहारपछि बजार खुलेको पहिलो दिन आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ६ सय रूपैयाँ घटेर कारोबार भइरहेको थियो। 

आइतबार सुन प्रतितोला २ लाख ४१ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेकोमा सोमबार दुई लाख ३९ हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो मंगलबार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा १२ वर्षयताकै सबभन्दा ठूलो गिरावट आएको थियो। मूल्य वृद्धिले लगातार रेकर्ड बनाइरहँदा मंगलबार भने ६ प्रतिशतभन्दा बढीले सुनको भाउ घटेको थियो। 

मंगलबार सुनको मूल्य प्रतिऔंस ४,०८२ डलरमा झरेको थियो। यो सन् २०१३ अप्रिलपछि एकै दिनमा आएको सबभन्दा ठूलो गिरावट हो। 

प्रकाशित मिति : २०८२, १० कार्तिक सोमबार ००:००  ११ : ३६ बजे