पाली राष्ट्रिय महिला फुटबल टिमकी कप्तान सावित्रा भण्डारीले नेपाली टोली भारतको सामना गर्न तयार रहेको बताएकी छन् ।
त्रिदेशीय मैत्रीपूर्ण फुटबलको अन्तिम खेलमा आज नेपालले भारतको सामना गर्दै छ । यही खेललाई ‘दक्षिण एसियाली खेलकुदको प्रतिष्ठाको लडाइँ’को संज्ञा दिँदै कप्तान सावित्राले नेपाल भारतको सामना गर्न तयार रहेको बताएकी हुन् ।
“दक्षिण एसियाली फुटबलको प्रतिष्ठाको लडाइँ छ । यसका लागि हामी तयार छौँ । हामी अघिल्लो खेलमा भएका गल्तीहरूलाई सुधारेर खेल्नेछौँ । हामीले अघिल्लो खेलमा सन्तुलन बनाउन सकेका थिएनौँ । यसलाई सुधार गरेर अघि बढेर जित्नका लागि खेल्नेछौँ,” सावित्राले आइतबार प्रशिक्षणपछि सञ्चारकर्मीसँग भनिन् ।
खेलमा नेपाल र भारत दुवै प्रतियोगिताको सुखद अन्त्यको खोजीमा हुनेछन् । यसअघि, दुवै टोली इरानसँग पराजित भएका थिए । इरानसँग भारत २–० र नेपाल ३–० ले पराजित भएका थिए ।
प्रतियोगितामा अपराजित रहेको इरानले उपाधि उचालिसकेको छ ।












