२०८१, १५ बैशाख शनिबार | Sat Apr 27 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सज्जाले जितिन् नेपाल आइडल–३ को उपाधि



काठमाडौं । चर्चित टेलिभिजन सिङ्गिङ रियालिटी सो ‘नेपाल आइडल–३’ को उपाधि सज्जा चौलागाईंले जितेकी छन् । शुक्रबार राति सम्पन्न ग्राण्ड फिनालेमा दुई प्रतिस्पर्धीलाई पछि पार्दै मोरङकी सज्जाले उपाधि जितेको हुन् । 

नेपाल आइडल–३ को उपाधि जितेसँगै उनले रु ५० लाख नगद प्राप्त गरेकी छन् । 

आइडलको फस्र्ट रनरअप प्रविन बेडुवाल भएका छन् । उनले रु १० लाख प्राप्त गरेका छन् । त्यसैगरी सेकेण्ड रनरअप किरन कुमार भुजेल भएका छन् । उनले रु ५ लाख प्राप्त गरेका छन् । 

दर्शकले विश्वभरबाट दिएको भोट र निर्णायकको मूल्यांकनका आधारमा अन्नपूर्ण मिडिया नेटवर्कका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले नेपाल आइडलको विजेता घोषणा गरेका हुन् ।  

पहिलो नेपाल आइडलको विजेता पोखराका बुद्ध लामा भएका थिए भने दोस्रो नेपाल आइडल रवि ओड भएका थिए। 

प्रकाशित मिति : २०७७, १२ भाद्र शुक्रबार ००:००  ४ : १७ बजे