२०८२, १७ माघ शुक्रबार | Fri Jan 30 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सुत्केरीको मृत्यु भएपछि ललितपुरको किष्ट अस्पतालमा तनाव



सुत्केरीको मृत्यु भएपछि ललितपुरको किष्ट अस्पतालमा तनाव भएको छ। 

सुत्केरी गराउने क्रममा खोटाङकी एक महिलाको मृत्यु भएपछि उनका आफन्तहरूले अस्पताललाई दोष दिँदै तोडफोड गरेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी चक्रराज जोशीले जानकारी दिए। 

उनका अनुसार मृतकका आफन्तहरूले  अस्पतालको लापरवाहीले गर्दा मृत्यु भएको भन्दै तोडफोड र भीड जम्मा गरेर विवाद गर्न थालेका थिए। त्योसँगै अहिले अस्पतालमा तनाव भएको छ। 

सुत्केरीको मृत्यु कात्तिक ७ गते नै भएको थियो। 

मृतकका परिवारले अस्पतालमाथि दोष लगाउँदै तनाव  सिर्जना गर्न थालेपछि अस्पतालले सुरक्षा मागेको थियो। 

सोही अनुसार प्रहरी परिचालन गरिएको एसपी जोशीले जानकारी दिए।

‘अहिले मृतक परिवार र अस्पतालबीच छलफल चलिरहेको छ,’ उनले भने, ‘अस्पतालले सुरक्षा मागेपछि प्रहरी पठाएका हौं। घटनाबारे बुझ्दैछौं।’ 

प्रकाशित मिति : २०८२, ११ कार्तिक सोमबार ००:००  १ : ३५ बजे