२०८३, ३ आश्विन शनिबार | Sat Sep 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाली प्रवासीलाई मताधिकार दिनअध्यादेश ल्याउने तयारी



सरकारले प्रवासी नेपालीलाई मताधिकार दिने गरी अध्यादेश ल्याउने तयारी गरेको छ । यसका लागि विदेशमा रहेका नेपालीलाई मताधिकार दिने कानुनी व्यवस्था गरिँदैछ । जस अन्तर्गत गृह मन्त्रालयले प्रचलित ऐन संशोधनको मस्यौदा तयार पारेर सुझावका लागि निर्वाचन आयोग पठाएको छ ।

गृहमन्त्रालयले विदेशमा रहेका नेपाली नागरिकको मताधिकार अधिकार सुनिश्चित गर्न प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, निर्वाचन आयोग ऐन, मतदाता नामावली ऐन र निर्वाचन कसुर तथा सजाय ऐनमा संशोधन गर्न लागेको हो । यस सम्बन्धी मस्यौदा तयार पारेर गृह मन्त्रालयले निर्वाचन आयोगमा पठाएको हो ।

प्रकाशित मिति : २०८२, ११ कार्तिक मंगलबार ००:००  ५ : २५ बजे