२०८२, २ चैत्र सोमबार | Tue Mar 17 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिक्किममा हुन लागेको पहिलो अन्तर्राष्ट्रिय खेलमा नेपाल र भारत भिड्दै



भारतमा विलय भएको ५० वर्षपछि बुधबार पहिलो पटक सिक्किमले अन्तर्राष्ट्रिय फुटबल खेल आयोजना गर्दैछ।

त्यसका लागि नेपाली महिला टोली भारतीय टोलीसँग भिड्न आज सिक्किम पुग्दैछ।

सोमबार सिलोङमा घरेलु टोली भारतसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेलेपछि नेपाली टोली सिक्किमको गान्तोक गएको हो। यो खेल बिहीबार हुने भनिए पनि बुधबारका लागि सारिएको छ। जसका करण नेपाली हतार-हतार गान्तोक गएका हुन्।

सोमबार भारतविरूद्ध २-१ गोलको जित निकाल्दा कप्तान सावित्रा भण्डारी साम्बाले दुवै गोल गरेकी थिइन। बुधबार कप्तान साम्बासहित स्टार मिडफिल्डर प्रिति राई र गोलकिपर एन्जिला तुम्बापो सुब्बा भने नेपाली टोलीमा हुनेछैनन्।

सिक्किममा हुने यो पहिलो अन्तर्राष्ट्रिय खेल भए पनि अनौपचारिक मात्र हुने भएको छ।  किनभने यो खेल फिफा विन्डोमा हुन लागेको भने होइन। त्यसका कारण यसलाई अन्तर्राष्ट्रिय मान्यता भने हुनेछैन।

प्रकाशित मिति : २०८२, १३ कार्तिक बुधबार ००:००  ११ : ४८ बजे