२०८२, २८ कार्तिक बिहीबार | Fri Nov 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दिल्लीमा ‘क्लाउड सिडिङ’पछि पनि भएन वर्षा



भारतको राजधानी दिल्लीका अधिकांश क्षेत्रहरूमा बुधबार बिहान वायुको अवस्था खराबदेखि अत्यन्त खराबसम्म रेकर्ड गरियो ।

केन्द्रीय प्रदूषण नियन्त्रण बोर्ड (सीपीसीबी)का अनुसार, बुधबार बिहान ७ बजे आरके पुरम, आनन्द विहार, अशोक विहार, बवाना, अक्षरधाम र आईटीओ लगायतका क्षेत्रहरूमा वायु गुणस्तर सूचकांक  ३०० भन्दामाथि रह्यो, जुन अत्यन्त खराब श्रेणीमा पर्दछ । 

यसैगरी, इन्डिया गेट र नेहरू नगर जस्ता क्षेत्रहरूमा एक्यूआई ३०० भन्दा तल रह्यो, जुन खराब श्रेणीमा आउँछ ।

दिल्लीमा प्रदूषणबाट राहत पाउनका लागि मंगलबार, अक्टोबर २९ तारिखमा दुई पटक ‘क्लाउड सिडिङ’ (कृत्रिम वर्षाको प्रयास) गरिएको थियो ।

दिल्लीका वातावरणमन्त्री मनजिन्दर सिंह सिरसाले यसको जानकारी दिँदै आईआईटी कानपुरको टोलीलाई उद्धृत गर्दै आगामी केही घण्टाभित्रै दिल्लीमा जुनसुकै बेला पनि वर्षा हुन सक्ने भनेका थिए । यद्यपि, सञ्चारमाध्यमका रिपोर्टहरू अनुसार, त्यो प्रयासपछि पनि दिल्ली–एनसीआरका कतै पनि वर्षा भएन ।

दिल्ली सरकारले आईआईटी कानपुरसँग मिलेर क्लाउड सिडिङको परीक्षण गरेको थियो । आईआईटी कानपुरका निर्देशक मनिन्द्र अग्रवालले इन्डिया टुडेसँग कुरा गर्दै क्लाउड सिडिङपछि वर्षा नभए पनि, यसले उनीहरूलाई आवश्यक डेटा संकलन गर्न मद्दत गर्‍यो । जसले भविष्यमा कृत्रिम वर्षाका लागि गरिने क्लाउड सिडिङ’ लाई अझ प्रभावकारी बनाउन सकिने बताएका छन् ।

प्रकाशित मिति : २०८२, १३ कार्तिक बुधबार ००:००  ४ : ३२ बजे