गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनको क्रममा प्रहरीको सञ्चारतर्फ पनि ठूलो क्षति भएको छ ।
आन्दोलनमा प्रहरीतर्फ भएको क्षतिलगायत विवरणको अध्ययन गर्न बनाइएको डीआईजी दीपक रेग्मी नेतृत्वको समितिले सञ्चारतर्फ पनि ठूलो क्षति भएको औंल्याएको छ ।
रेग्मी समितिको प्रतिवदेनमा सञ्चार साधनतर्फ मात्रै २५ करोड ९४ लाख रुपैयाँ बराबरको क्षति भएको उल्लेख छ ।
आन्दोलनको क्रममा प्रहरीका सञ्चार सेटलगायतमा क्षति भएको थियो । केही सञ्चार सेट आन्दोलनकारी लुटेर लगेका थिए ।
त्यस्तै सूचना प्रविधितर्फ १ करोड ८७ लाख रुपैयाँ बराबरको क्षति भएको उल्लेख छ ।












