बिहान देखी परेको लगातारको वर्षाका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) मा उडान तथा अवतरण अवरुद्ध भएको छ । काठमाडौं उपत्यकामा बिहानैदेखि परेको वर्षा र कमजोर दृश्यता (भिजिबिलिटी) का कारण राष्ट्री र अन्तर्राष्ट्रिय उडान प्रभावित भएका हुन् ।
जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पश्चिमी वायु सक्रिय भईरहेको छ भने बंगालको खाडीमा विकसित ‘मोन्था’ नामक चक्रवातको आंशिक प्रभाव नेपालमा परेको छ । यसै कारण उपत्यका सहित देशका विभिन्न भागमा वर्षा भइरहेको हो ।
अरब सागरमा बनेको न्यून चापीय प्रणाली र पश्चिमी वायुको संयुक्त प्रभावले अझ केही दिन देशभर बदली र हल्का वर्षा जारी रहने सम्भावना रहेको मौसमविद्हरूले बताएका छन् ।












